इनड्राइभ चालकलाई कारबाही

गण्डकी प्रदेश सरकारले राइड शेयरिङलाई कानुनी मान्यता दिएको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरूले आजदेखि देशभर यातायात सेवा ठप्प पारेपछि पठाओ, इनड्राइभलगायत मोबिलिटी सेवाप्रदायकले लुट मच्चाएका छन् ।

यसैबीच, यात्रुबाट बढी भाडा असुल गर्ने इनड्राइभ चालकहरू कारबाहीमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कील त्यस्ता चालकलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो ।

यात्रुहरूको गुनासोका आधारमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट आठवटा सवारीसाधनसहित नियन्त्रणमा लिएर कारबाही गरेर छाडेको हो ।

गण्डकी प्रदेश सरकारले इनड्राइभ, पठाओलगायतका राइड शेयरिङ तथा सेल्फ ड्राइभलाई सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको छ ।

त्यसको विरोधमा यातायात व्यवसायीहरू आन्दोलनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *