स्टेलान्टिसको नयाँ शोरूम उद्घाटन

दक्षिण एसियामा आफ्नो उपस्थिति मजबुत बनाउने रणनीतिक योजनाअन्तर्गत स्टेलान्टिसले नेपालमा दोस्रो डिलरशिपको उद्घाटन गरेको छ।

यो डिलरशिप गोल्छा अर्गनाइजेशनअन्तर्गतको सहायक कम्पनी साङ्ग्रिला मोटर्स प्रा.लि. द्वारा सञ्चालन हुनेछ।

काठमाडौंको उत्तरढोकामा अवस्थित यो नयाँ प्रमुख शोरूममा विश्व प्रसिद्ध तीन ब्राण्डहरू — सिट्रोएन, लिप मोटर र प्यूजो — एउटै छानामुनि प्रस्तुत गरिएको छ, जसले ग्राहकहरूलाई उत्कृष्ट र सहज अनुभव प्रदान गर्नेछ।

नयाँ डिलरशिपको औपचारिक उद्घाटन कार्यक्रममा स्टेलान्टिस इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक श्री शैलेश हजे़ला, साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक श्री हेमन्त गोल्छा र नेपालस्थित फ्रान्सकी राजदूत महामहिम भर्जिनी कोर्तेवाल सहभागी थिए।

श्री शैलेश हजे़लाले कार्यक्रममा भन्नुभयो, “नेपाल हाम्रो अपरेशनको रणनीतिक बजार हो। हामी साङ्ग्रिला मोटर्ससँगको सहकार्यमार्फत नेपाली ग्राहकहरूलाई विश्वस्तरीय मोबिलिटी समाधान उपलब्ध गराउन पाउँदा निकै उत्साहित छौं।

यो नयाँ शोरूममार्फत स्टेलान्टिसले अगामी युगका विद्युतीय सवारीसाधनसहित विश्वप्रसिद्ध प्रविधि र ब्राण्डहरू नेपाली बजारमा प्रस्तुत गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।”

श्री हेमन्त गोल्छाले भने, “यो नयाँ शोरूम हामीले उत्कृष्ट ग्राहक अनुभवमा केन्द्रित गर्दै गरेको लगनशील प्रयासको निरन्तरता हो।

सिट्रोएन, लिप मोटर र प्यूजो एकै स्थानमा उपलब्ध गराएर हामी नेपाली ग्राहकहरूका लागि प्रिमियम मोबिलिटी समाधानको एकमात्र गन्तव्य बन्नेछौं भन्ने विश्वास लिएका छौं।

यस विस्तारले ग्राहकको विश्वास र ब्राण्डप्रतिको प्राथमिकता झनै मजबुत बनाउनेछ।”

साङ्ग्रिला मोटर्स प्रा. लि.
साङ्ग्रिला मोटर्स प्रा.लि. गोल्छा अर्गनाइजेशनको पाँच दशकभन्दा लामो अनुभवको जगमा स्थापित कम्पनी हो, जसले नेपालमा दिगो र नवप्रवर्तनशील सवारीसाधन क्षेत्रमा अग्रसर भूमिका निर्वाह गरिरहेको छ।

नेपालमा स्टेलान्टिस ब्राण्डहरूको एकमात्र आधिकारिक आयातकर्ता भएकाले कम्पनीले विद्युतीय र प्रिमियम गाडी बजार निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।

स्टेलान्टिसको बारेमा
स्टेलान्टिस एन.भी. (NYSE: STLA / Euronext Milan: STLAM / Euronext Paris: STLAP) विश्वको अग्रणी सवारीसाधन निर्माता कम्पनी हो, जसले आफ्ना ग्राहकहरूलाई नवीनतम प्रविधिको प्रयोग गर्दै स्वतन्त्र गतिशीलताको अधिकार सुनिश्चित गर्न समर्पित छ।

यसका ब्राण्डहरूमा अबार्थ, अल्फा रोमियो, क्रिसलर, सिट्रोएन, डज, डीएस अटोमोबाइल्स, फिएट, जीप, लान्सिया, मासेराटी, ओपेल, प्यूजो, राम, भक्सहल, फ्रीटुमुभ र लेइसिज सामेल छन्। थप जानकारीका लागि: www.stellantis.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *