सर्भिस सम्राट २०२५ सम्पन्न

आईएमई समूहअन्तर्गतको अशोक एलटी इन्जिनियरिङ सर्भिसेज लिमिटेडद्वारा आयोजित ‘सर्भिस सम्राट २०२५’ को ग्रान्ड फिनाले भव्य रूपमा सम्पन्न भएको छ।

फिनालेमा नारायण बहादुर पौडेलले ‘सर्भिस सम्राट २०२५’ को उपाधिसहित ५०,००० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भए।

काठमाडौँमा सम्पन्न फिनालेमा देशभरिका विभिन्न शाखाबाट ९० जना टेक्निसियन र इलेक्ट्रिसियनहरूले सहभागिता जनाएका थिए।

प्रतियोगितामा इलेक्ट्रिसियन च्याम्पियनको उपाधि ओम प्रकाश प्रसाद पटेलले प्राप्त गर्दै २०,००० रुपैयाँ नगद जितेका छन्।

त्यसैगरी, टेक्निसियन फर्स्ट रनर-अपको उपाधि रुपास लिम्बुले प्राप्त गर्दै १५,००० रुपैयाँ र टेक्निसियन सेकेण्ड रनर-अप सुवास के.सी.ले जित्दै १०,००० रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगिता लिखित, मौखिक र प्रायोगिक गरी तीन चरणमा सञ्चालन गरिएको थियो, जसमा सहभागीहरूको ज्ञान र प्राविधिक सीपको परीक्षण गरिएको थियो।

अन्तिम चरणमा १० जना प्रतिस्पर्धीमध्ये ७ जना टेक्निसियन र ३ जना इलेक्ट्रिसियन ग्रान्ड फिनालेमा पुगेका थिए।

पुरस्कार वितरण गर्दै आईएमई समूहका अध्यक्ष चन्द्र प्रसाद ढकालले यस्ता प्रतियोगिताले प्राविधिकहरूलाई नयाँ सीप सिक्न प्रेरणा दिने र बिक्रीपछिको सेवा गुणस्तरीय बनाउन मद्दत गर्ने बताउनुभयो।

साथै, सीप विकासमा लगानी गर्ने र निरन्तर सिकाइको संस्कार निर्माण गर्न समूह प्रतिबद्ध रहेको समेत उहाँले उल्लेख गर्नुभयो।

अशोक लेलैण्डका कन्ट्री हेड बिप्लव पॉलले ‘सर्भिस सम्राट’ प्रतियोगितामा सहभागी प्राविधिकहरूले अन्तर्राष्ट्रिय स्तरको सीप प्रस्तुत गरेको उल्लेख गर्दै, प्राविधिक क्षमता विकासमा उनीहरूको लगाव प्रशंसायोग्य रहेको बताउनुभयो।

कार्यक्रममा अशोक लेलैण्डका कन्ट्री हेड बिप्लव पॉल, अशोक एलटी इन्जिनियरिङ सर्भिसेजका कार्यकारी निर्देशक निशान ढकाल र अशोक लेलैण्डका सेवा प्रमुख अनुपा स्वाईनको उपस्थिति रहेको थियो।

सर्भिस सम्राटबारेमा
‘सर्भिस सम्राट’ अशोक एलटी इन्जिनियरिङ सर्भिसेजद्वारा वार्षिक रूपमा आयोजना गरिने प्रतियोगिता हो, जसले प्राविधिक तथा कर्मचारीहरूको सीप विकास, प्रोत्साहन र सेवा स्तर उन्नतिमा योगदान पुर्‍याउँछ।

यसले उनीहरूलाई आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्नुका साथै काममा निरन्तर प्रेरित रहन मद्दत गर्दछ।

सम्पर्क:
आईएमई ग्रुप
पानीपोखरी, काठमाडौँ
फोन: ०१-४४३०६००, एक्सटेन्सन २५७

Leave a Reply

Your email address will not be published. Required fields are marked *