सर्भिस सेन्टर नहुँदा ग्राहकहरुले निकै दुःख पाए

हाल नेपालमा धेरै ब्रान्डका इभि स्कुटरहरु भित्त्रिए पनि सर्भिस सेन्टरहरु भने निकै कम मात्र छन।

धेरै ब्रान्डको आजसम्म एउटा पनि आफ्नो सर्भिस सेन्टर खोलेका छैनन्, जसका कारण ग्राहकहरुले निकै दुःख पाएका छन्।

यसरी राज्यले कुनैपनी ब्रान्ड आयात गर्दा, बिक्री पछिको सेवा कस्तो र कसरी दिने भन्ने चासो नदिदा सर्वसाधारणहरुले भ्नेको बेलामा सेवा नपाउने र पाइहाले पनि महङो सेवा लिन बाध्य छन।

बजारमा अहिले एउटै सिमित वर्कशपहरुलाई नै ५-६ वटाको सर्भिस सेन्टर भनेर तोकिदिदा, त्यहाँबाट कस्तो सेवा, सुविधा पाउने हो, हामी अनुमान गर्न सक्छौ।

नेपालमा केही आयातकर्ताहरूले आर एन्ड डी नभएका स्कुटरहरू चीन र भारतबाट सस्तो मूल्यमा ल्याएर बिक्री गर्दै आएका छन् ।

भारतका केही कम्पनीहरूले चीनबाट सस्तोमा पाट्र्स ल्याएर भारतमा असेंबल गर्ने र मेड इन इन्डिया लेखेर नेपालमा बेच्ने गरेका पनि छन् ।

नेपाल मै पनि कतिपय एसेम्बल गर्ने कम्पनी समेत खुलिसकेका छन् । इलेक्ट्रिक स्कुटर एसेम्बल गर्ने कुनै पनि कम्पनीको नेपालमा (Research and Development) आर एण्ड डि विभाग नै छैन ।

विभिन्न अलगअलग भेन्डरबाट अलगअलग सामान ल्याएर जुगाडमा जोड जाड गरेर स्कुटर तयार गर्ने चलन छ ।
यस्ता स्कुटरले प्रारम्भिक समयमा काम गरे पनि दीर्घकालीन प्रयोगका लागि उपयुक्त हुँदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *