देशभर टुर प्याकेज भएको सफल हिमगिरी ट्राभल एण्ड टुर्स

अबको दिनमा नेपालको समृद्धी भनेकै पर्यटन हो भन्ने सबैले बुझ्न लागेका छन् त्यसैले अहिले जताततै होटल खुलिरहेका छन् भने विभिन्न पर्यटकिय गन्तव्य नजिक राम्रा र फराकिला सडक पनि पुगिरहेका छन् ।

भोलिका दिनमा एकैपटक लाखौं पर्यटक नेपाल आएको खण्डमा बस्ने स्थानको अभाव हुन सक्छ । त्यसैले होला अहिले नेपालमा धेरै फाइव स्टार होटल संचालनमा आएको छन् भने काभ्रेको पनौंती, बल्थली, धुलिखेल, फुलवारी, दाप्चा, मुस्ताङ जस्ता पर्यटकीय क्षेत्रमा धेरै होटलहरु खुलिरहेका छन् ।

विभिन्न पर्यटकिय गन्तव्यमा होटल खुलेर मात्र हुदैन त्यहाँ पर्यटक पु¥याउने ट्राभल एजेन्सि र गाडीको पनि आवश्यकता पर्छ । त्यहाँ टुर प्याकेज बनाउनु पर्छ र छरिएका आन्तरिक तथा वाह्य पर्यटकलाई पु¥याएर ल्याउनु पर्छ । त्यही काम गरिरहेको ट्राभल एजेन्सी हो, बासवारी काठमाण्डौमा रहेको सफल हिमगिरी ट्राभल एण्ड टुर्स ।

कम्पनीका निर्देशक प्रकाश कार्किले दिएका जानकारी अनुसार यो ट्राभलले नेपालका जुनसुकै पर्यटकिय गन्तव्यमा पनि टुरको सुविधा दिन्छ । कम्पनीले आफै टुरको प्याकेज दिन्छ भने आफुसँग छ वटा गाडी भएको हुनाले कम्पनीले गाडी भाडामा दिने काम पनि गर्छ ।

कम्पनीसँग स्र्काेपियो लगायतका केही कार भएकोले कम्पनीले कार भाडामा दिने काम पनि गर्छ । कार रेन्टल सर्भिस पनि पर्यटन विकासको लागी महत्वपुर्ण विषय हो । जहाँ यातायातको सुविधा हुदैन त्यहाँ पर्यटनको कुरै आउदैन ।

कम्पनीले टुर प्याकेज विशेष गरी मुक्तिनाथ, अपर मुस्ताङ, रुप्से झरना, तातोपानी कुण्ड, बागलुङ कालिका, रारा, जुम्ला, कालिकोट लगायतका स्थानमा दिने गरेको छ ।

यसका उपभोक्ता कम्पनीको सेवावाट प्रभावित छन् र वारम्बार यही कम्पनीबाट यात्रा गरिरहेका छन् । यो ट्राभलसँग छ वटा गाडी छन् भने छ जना ड्राइभरले गाडी चलाई रहेका छन् , काम राम्रो भैरहेको छ ।

कम्पनीले राष्ट्रिय तथा अन्तराष्ट्रिय एयरलाईन्सको टिकेटिङको काम पनि गरिरहेको छ ।

कुनै दिन गाडी वा मोटरसाइकलमा मुक्तिनाथ पुग्नु, कालिन्चोक पुग्नु वा रारा लगायतका धेरै गन्तव्यमा पुग्नु निकै जटिल विषय थियो ।

अहिले यी स्थानमा राम्रो सडक पुगेको छ र यातायातको सुविधा भएको छ । जसले गर्दा अहिले गाडी मार्फत ति स्थानमा जान निकै सहज भएको छ । त्यसैले अहिले गाडीको रेन्टल सर्भिस फस्टाएको छ ।

सडक यातायातको कारण अहिले पहाडी जिल्लाहरुमा विमानको उडान पनि घटेको छ । गत वर्षको पर्यटकिय सिजनमा भन्दा यो वर्षको पर्यटकिय सिजनमा मुस्ताङमा उडान कम भएका छन् ।

किनकी अहिले काठमाण्डौ लगायतका शहरबाट मुस्ताङ विभिन्न खालका गाडीमा सहज रुपमा पुग्न सकिन्छ । यस्तो बेलामा सफल हिमगिरी ट्राभल एण्ड टुर्सले दिने रेन्टल सेवा र टुर प्याकेजको ठूलो महत्व छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *