दुर्घटनाको कारण भ्यानको तीव्र गति रहेको बताइएको छ।
यो दुर्घटना पाकिस्तानको सिन्ध प्रान्तमा भएको हो ।
दामशोरो जिल्लाको पहाडी क्षेत्रमा भ्यानले सन्तुलन गुमाएको र गहिरो खाडलमा खसकेको थियो ।
समाचारमा जनाइएअनुसार यो भ्यानमा कोल्ही जनजातिका मानिसहरू थिए ।
भ्यान पञ्जाबको लापरीबाट सिन्धको बदिन जाँदै थियो । दुर्घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी घटनास्थलमा पुगेको र उद्धार टोलीले सबै घाइतेहरूलाई खाडलबाट बाहिर निकालेर नजिकैको अस्पतालमा भर्ना गरेको छ ।
घटनाबारे जानकारी दिँदै उपायुक्त गजनफर कादरीले भ्यानमा धेरै मजदुरहरू पनि रहेको बताएका छन् ।
यी सबै मजदुर बलुचिस्तानमा गहुँ काट्न गएका र त्यहाँ काम सकेर घर फर्किँदै गरेका थिए ।
उद्धार टोलीका अनुसार मृत्यु हुनेको संख्या अझै बढ्न सक्नेछ । घाइते भएका धेरैको अवस्था नाजुक देखिएको छ ।
पाकिस्तानमा खराब सडक, पुराना सवारी साधन र तीव्र गतिमा गाडी चलाउने कारण बर्सेनि दुर्घटनामा सयौँको ज्यान जाने गरेको छ ।