कृष्णभीरबाट मोटरसाइकल खस्दा एकजनाको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरबाट त्रिशुली किनारमा मोटरसाइकल खस्दा एकजनाको ज्यान गएको छ।

बागमती प्रदेश ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल कृष्णभीरबाट त्रिशुली किनारमा खस्दा सिन्धुलीको तीनपाटन गाउँपालिका– ९ का २६ वर्षीय मीनबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए।

प्रहरी नायव उपरीक्षक हमालका अुनसार मोटरसाइकल सडकबाट करिव तीन सय मिटर तल खसेको थियो।

मृतक तामाङको शवसहित दुर्घटनाग्रत मोटरसाइकल त्रिशुली किनार नजिकै झाडीमा भेटिएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *