सल्यानमा जिप दुर्घटना

सल्यानको कपुरकोटमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। कपुरकोट गाउँपालिका– ३ कालेडाँडामा रोल्पादेखि दाङ तुलसीपुर जाँदै गरेको ग १ च ४३७६ नम्बरको पिकअप गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका कपुरकोट गाउँपालिकाले जनाएको छ।

घाइते हुनेमा जिप चालक सल्यान कपुरकोट गाउँपालिका– २ का खिम बलाल, कपुरकोट गाउँपालिका– १ की २४ वर्षीया चन्द्राकुमारी पुन, ६२ वर्षीया कौशिला पुन, ४५ वर्षीया गौरी सुनार, ५ वर्षीया सलिसा पुन र कपुरकोट– २ का ७२ वर्षीय नोखिराम बस्नेत रहेका कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए।

उनका अनुसार घाइतेमध्ये एकजनाको नेपालगञ्ज र दुईजनाको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

तीनजना आधारभूत अस्पताल कपुरकोटमा उपचारपश्चात डिस्चार्ज भएका छन्।

ब्रेक फेल भई जिप सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *