इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्ट नेपालमा भित्रिएको छ ।
रिभोल्टको नेपालका लागि आधिकारिक वितरक एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइलले आइतबार एक कार्यक्रम आयोजना गरी यस ब्रान्डलाई औपचारिक रुपमा सार्वजनिक गरेको हो ।
भारतमा राम्रो चर्चा कमाएको रिभोल्टका पाँच मोडल आरभी१, आरभी१ प्लस, आरभी ब्लेजएक्स, आरभी४०० बीआरजेड र आरभी४०० मोटरसाइकल अब नेपाली बजारमा समेत उपलब्ध हुनेछन् ।
यी मोटरसाइकलको मूल्य क्रमशः २ लाख ९९ हजार, ३ लाख ४९ हजार, ३ लाख ९९ हजार, ४ लाख १९ हजार र ४ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
आरभी१ वाहेक अन्य सबै मोडलमा ३.२४ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ, आरभी१ मा भने २.२ किलोवाट आवरको ब्याट्री छ ।
त्यसैगरी आरभी१ र आरभी१ प्लसमा २.८४ किलोवाटको पिक मोटर पावर र १.७९ किलोवाटको रेटेड मोटर पावर छ ।
अन्य तीन मोडलमा क्रमशः ४.०८, ४.१ र ३.९ किलोवाटको पिक मोटर पावर छ भने रेटेड मोटर पावर लगभग समान २.८ किलोवाट छ । यी मोटरसाइकलमा रिभोल्टले आईपी ६७ रेटेड ब्याट्री प्याक उपलब्ध गराएको छ ।