यस वर्ष २० भन्दा धेरै ब्रान्डहरु थपिए

नेपालको अटो क्षेत्रमा इतिहासमै पहिलो पटक यस वर्ष २० भन्दा धेरै नयाँ ब्रान्डहरु नेपालमा थपियो ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको बिक्री निकंै कम भए पनि ईभी सवारी साधनको बिक्रीले केही उत्साह थपेको छ ।

पेट्रोलियम पदार्थबाट चल्ने गाडी बिक्री गर्ने दर्जनौ डिलरहरु बन्दको अवस्थामा पुगे भने मोटरसाइकल बिक्रीमा आएको केही सकारात्मक कार्यले धेरै व्यवसायी उत्साहित भए ।

१०० भन्दा बढि इलेक्ट्रिक ब्राण्डका टु ह्विलर सेगमेन्टको पनि बिक्री बिस्तारैं बढेको पाइएको छ ।

ग्राहकहरुमा यस्ता सवारी साधनप्रति अझै कन्फिडेन्स नभएको मानिएको छ ।

इलेक्ट्रिक फोर ह्विलर अर्थात ईभी सेगमेन्टले नै यो वर्ष अटोमोबाइल बजारलाई चलायमान गराउन भूमिका खेलेको देखिएको छ ।

विश्वमै सर्बाधिक चर्चामा रहेको बीवाईडी देखि हुन्डाई, टाटा, ओमोडा, दिपल, सेरेस, नामी लगायतका ईभी ब्रान्डका विभिन्न मोडल यो वर्ष चर्चामा रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *