नारायणघाट–बुटवल सडक आंशिक बन्द

नारायणघाट–बुटवल सडकखण्डमा सडक निर्माण कार्यका कारण केही समयका लागि सडक आंशिक रूपमा बन्द हुने भएको छ।

सडक डिभिजन कार्यालयका अनुसार चैत्र २७ गतेदेखि चैत्र ३१ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुनेछ।

त्यसपछि दोस्रो चरणमा, २०८२ साल बैशाख १ गतेदेखि बैशाख १५ गतेसम्म, हरेक रात राती ११ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द रहने जनाइएको छ।

निर्माण कार्य सहज बनाउन र यात्रुहरूको सुरक्षाका लागि यस्तो व्यवस्था गरिएको हो। यात्रुहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न तथा समयमै यात्रा योजना बनाउन अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *