सल्यानमा फोर्स गाडीको ढोकाबाट खस्दा….

सल्यानमा फोर्स गाडीको ढोकाबाट खस्दा एक यात्रुको मृत्यु भएको छ ।

नेपालगन्जबाट सुर्खेतको गोजीबजार जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०७९० को फोर्स गाडीको ढोकाबाट खस्दा बिहीबार बेलुकी सवा ६ बजेतिर सुर्खेतको सिम्ता गाउँपालिका-५ बस्ने २७ वर्षीय गणेश बुढाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेसमबहादुर खत्रीका अनुसार बुढा गाडीको ढोकामा झुन्डिएको बेला खसेका थिए ।

उनको टाउको, कान ,निधारलगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो ।

गम्भीर घाइते भएका बुढालाई तत्काल उद्धार गरेर मेहलकुना अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।

गाडीमा सवार यात्रुको ढोकाबाट लडेर मृत्यु भएपछि गाडी चालक सिम्ता-५ का ४३ वर्षीय जिवराज गिरी र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर ईप्रका देवस्थलमा राखिएको प्रनि खत्रीले जनाए ।

शव अस्पतालमा पोस्टमार्टमका लागि राखिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *