उदयपुरमा मोटरसाइकल दुर्घटना

उदयपुरको कटारी नगरपालिका–४ मुसहरी टोलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

बिहीबार दिउँसो कटारीबाट सिन्धुली जाँदै गरेको प्रदेश २–०१–००३ प ५४२२ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी साइकल यात्री सिन्धुली, दुधौली नगरपालिका ५ घारीथुम्सी बस्ने वर्ष ७१ को अमरबहादुर सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका सुनुवारको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनायो ।

मोटरसाइकलका घाइते चालक कटारी नगरपालिका–६ गेरुवाका २३ वर्षीय अनन्त मगर र मोटरसाइकल पछाडि बस्ने एक जनाको कटारी अस्पतालमा उपचार भइरहेको छ ।

तीव्रगतिमा रहेको मोटरसाइकलले बाटो काट्न लागेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *