धादिङको थाक्रेमा कार र ट्रक ठोक्किँदा पाँचजना घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका– १ खैरघारीमा कार र ट्रक एकआपसमा ठक्कर खाँदा पाँचजना घाइते भएका छन्।

काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बि.एडी  १३७७ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको म.प्र.०३–००२ ख १७३३ नम्बरको ट्रक एकापसमा ठोक्किँदा पाँचजना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए।

दुर्घटनामा घाइते भएका नवलपरासी देवचुली गाउँपालिका– ३ का ३६ वर्षीय प्रदिप न्यौपाने, १० वर्षीय प्रक्षेप न्यौपाने र पाल्पा बगनासकाली गाउँपालिका–२ का २९ वर्षीय रामहरि गैरेलाई काठमाडौं रेफर गरिएको छ। काभ्रेपलाञ्चोक पनौति नगरपालिका– ८ का २७ वर्षीय सुवोद बञ्जारा र कञ्चनपुर पुनर्वास नगरपालिका– ८ का ३३ वर्षीय मुनिराज उपाध्यायको सिम्लेस्थित राजु मेडिकलमा उपचार भइरहेको छ।

ओभार स्पिडका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको प्रहरी नायव उपरिक्षक हमालले बताए।

दुवै सवारी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *