मकवानपुरमा सुमो दुर्घटना

मकवानपुरको इन्द्रसरोवरमा सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुधबार अपराह्न रौतहटबाट हेटौँडा हुँदै काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ५४८५ नम्बरको सुमो ब्रेक फेल भएर इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ बतासेस्थित भीमफेदी–कुलेखानी–सिस्नेरी सडक खण्डमा दुर्घटनामा परेको हो।

सुमो सडकबाट झन्डै सय मिटर तल खसेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले चालकसहित १० जना सवार सुमोमा तीनजना गम्भीर, एकजना मध्यम र  पाँचजना सामान्य  घाइते भएकाे जानकारी दिए।

उनका अनुसार प्रहरी सहायक निरीक्षक खगेन्द्रलाल गुभाजुको नेतृत्वको प्रहरी टोलीले घाइतेहरूलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाएको छ।

सुमोचालक प्रहरीको सम्पर्कमा रहेको र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रवक्ता अर्यालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *