अत्यधिक नाफा लिने तीन कम्पनीलाई स्पेयर पार्ट्स बिक्रीमा रोक

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्य खुलाएर लेबल नराखेको भन्दै तीन ठूला कम्पनीहरूलाई स्पेयर पार्ट्सएक कम्पनीलाई लुब्रिकेन्ट्स बिक्रीमा रोक लगाएको छ।

विभागले VG Automobiles, VG Service Center, Hansraj Hulaschand & Co.IME Groupलाई कारबाही गरेको हो।

अनुगमनका क्रममा यी कम्पनीहरूले स्पेयर पार्ट्समा अत्यधिक नाफा लिएर बिक्री गरिरहेको पाइएको छ।

VG AutomobilesVG Service Center Vishal Group अन्तर्गतका कम्पनी हुन्। यी कम्पनीहरूले Suzuki ब्रान्डका बाइक तथा स्कुटरका स्पेयर पार्ट्स बिक्री गर्दै आएका छन्।

काठमाडौं महानगरपालिका-२० मा रहेको स्टोरको अनुगमन गर्दा VG AutomobilesVG Service Centerले भारतीय रुपैयाँमा मूल्य तोकेर ग्राहकसँग धेरै रकम असुल्ने गरेको पाइएको छ ।

IME Groupले Motul Lubricants बिक्री गर्दै आएको छ। यो कम्पनीले MRP (Maximum Retail Price) नराखी लुब्रिकेन्ट्स बिक्री गरेको भेटिएको छ।

त्यसैगरी, Bajaj बाइक बेच्ने Hansraj Hulaschand & Co.ले पनि MRP नराखी स्पेयर पार्ट्स बिक्री गरेको पाइएको छ।

विभागले BYD को Sub-dealer Eco EV Care सँग पनि कागजात मागेर अध्ययन गरिरहेको छ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार, कैफियत देखिएका कम्पनीहरूलाई कानुनअनुसार कारबाही गरिनेछ।

“हामीले सबै कम्पनीहरूलाई चैत २० गतेसम्म लेबल लगाउन समय दिएका छौं। त्यसपछि पनि लेबल नलगाएको भेटिए ३ देखि ४ लाख रुपैयाँसम्म जरिवाना गरी सामान सिज (जफत) गर्नेछौं।

उत्पादनदेखि शोरुमसम्मको सम्पूर्ण खर्च MRP मा समावेश गर्नुपर्छ, र MRP नेपाली रुपैयाँमा राखिनुपर्छ।”

उनका अनुसार, VG Automobiles ले १८५४ भारतीय रुपैयाँ MRP राखेर ग्राहकलाई ७५०० नेपाली रुपैयाँ मा स्पेयर पार्ट्स बेचेको पाइएको छ।

अन्य कम्पनीहरूको पनि छानबिन गर्दै:

विभागले Bajeko Sekuwa, Maple Furnishing House, KTM Books & Stationery, Gorkhali Mart, AG World, Siddhartha Steel, Bhawani Ma Hardware, Pioneer Electro Cables, Riders Helmet & Accessories, New Helmets House, BS Enterprises, Three S Auto Solution, Namaste International लगायत कम्पनीहरूको पनि कागजात मागेर अध्ययन गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *