लिपमोटर T03 को डेलिभरी चैत्र २० देखि सुरु

नेपालका लागि लिपमोटर गाडीको आधिकारिक एकमात्र आयातकर्ता साङ्ग्रिला मोटर्स प्रा. लि. ले नयाँ लिपमोटर T03 को डेलिभरी चैत्र २० गते बुधबारबाट औपचारिक रूपमा सुरू भएको घोषणा गरेको छ।

अत्यधिक मात्रामा बुकिङ प्राप्त गरे संगै लिपमोटर T03 मुलुकको विद्युतीय गतिशीलताको भविष्यलाई अघि बढाउँदै नेपाली सडकहरूमा प्रवेश गर्न तयार छ।

स्मार्ट प्रविधि, प्रभावशाली रेन्ज, र उचित मूल्यका साथ, T03 शहरी इभी ड्राइभिङलाई नयाँ परिभाषा दिनेछ।

मात्र रु. २८.९९ लाखदेखि सुरू हुने लिपमोटर T03 मा ३७.३ kWh ब्याट्री रहेको छ, जसको WLTP रेन्ज अर्बन साइकलमा ३९५ किमी रहेको छ।

यसमा लेभल २ एडभान्स्ड LEAP पाईलट ड्राइभर एक्टिभ सेफ्टि असिस्टेन्स प्रणाली पनि समावेश गरिएको छ, जसले स्मार्ट र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्दछ।

“यही आइतबारबाट पहिलो चरणको डेलिभरी सुरु भइसकेको छ, र हामी हाम्रा ग्राहकहरूलाई लिपमोटर T03 प्रदान गर्न उत्साहित छौं। यो इभी कम्प्याक्ट तर फिचरले भरिएको छ,”
साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छा।

साङ्ग्रिला मोटर्स प्रा. लि. प्रतिष्ठित गोल्छा अर्गनाइजेसन को सदस्य हो, जुन २०१७ देखि प्यूजोको एकमात्र आधिकारिक आयातकर्ता२०२१ देखि सिट्रोएनको आधिकारिक आयातकर्ता रहेको छ।

C10 को हालको लञ्च र अहिले लिपमोटर T03 को लञ्चले कम्पनीको नेपालमा विश्वस्तरीय अटोमोटिभ ब्रान्ड ल्याउने प्रतिबद्धता अझ सुदृढ बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *