विमानको आकस्मिक अवतरण

भारतमा एउटा विमानको आकस्मिक अवतरण गराइएको छ । आकाशमा उडिरहेको समयमा स्पाइसजेटको विमानको टायर पड्किएको थियो ।

घटना आइतबार बिहानको हो । विमान जयपुरबाट चेन्नई आइरहेको थियो । टायर पड्किएपछि बिहान ५ः ४६ बजे विमानको आकस्मिक अवतरण गराएको विमानस्थलका अधिकारीहरूले पुष्टि गरेका छन् ।

विमानमा सवार यात्री र क्रु सबै सुरक्षित रहेको बताइएको छ । विमानको टायर पड्केको पाइलटले थाहा पाएका थिए ।  यसपछि अवतरण गर्नुअघि उनले सम्बन्धित अधिकारीहरूलाई यसबारे सूचित गरिदिए ।

विमानको दुई नम्बरको पाङ्ग्रा क्षतिग्रस्त भएर बाहिर झुत्रो निस्किरहेको निरीक्षणको क्रममा पाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *