म्याक लुब्रिकेन्ट्सद्वारा बाइक र्‍याली

११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सिप्रदी ट्रेडिङ प्रालि अन्तर्गतको म्याक लुब्रिकेन्ट्सले महिला लक्षित बाइक र्‍याली आयोजना गरेको छ ।

सिप्रदी ट्रेडिङ थापाथली शिखर बिजबाट एन्फा कम्प्लेक्स सातदोबाटोसम्म ‘एक्सिलेट एक्सन हर डे हर वे’ भन्ने नाराका साथ बाइक र्‍याली आयोजना गरिएको हो ।

महिला दिवसमा थप ऊर्जा जोडेर भव्यताका साथ सम्पन्न गर्नका लागि विशेषगरी महिलाहरुकै लागि बाइक र्‍याली आयोजना गरिएको म्याक लुब्रिकेन्ट्सका बिजनेस हेड दिनेश केसीले जानकारी दिए ।

र्‍यालीमा म्याक लुब्रिकेन्ट्सको प्रोडक्ट म्याक ४० स्कुटेक एनएक्सटी र म्याक ४० एनएक्सटी प्रयोग गरिएको थियो ।

यी दुवै साधनले महिलाहरुको हरेक यात्रा सुरक्षित बनाई सफलतामा पुग्न सहयोग पुर्याउने भएकाले यसले महिला सशक्तिकरणमा भूमिका खेल्ने बिजनेस हेड केसीले विश्वास व्यक्त गरे ।

म्याक लुब्रिकेन्ट्सद्वारा उत्पादित सवारी साधनले सफलताको लागि संघर्ष गरिरहेका हरेक महिलाहरुलाई जहाँ पनि सहजता र सुरक्षाका साथ पुर्याइदिने उनको भनाई छ ।

साथै महिलाहरुको मनोबल उच्च बनाउन, घरेलु हिंसा कम गर्न, समान अवसर र सहभागिता प्रदान गर्ने उद्देश्यले यो र्‍याली आयोजना गरिएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *