नेपाल भित्रियो चिनियाँ सवारी कम्पनी ‘एलएस अटो’

विद्युतीय सवारी साधनप्रतिको बढ्दो आकर्षणसँगै नेपालमा विभिन्न कम्पनीहरू आफ्नो उपस्थिति बढाइरहेका छन् ।

यसैबीच, विश्वका ठूला अटोमोबाइल डिजाइन हाउसहरूमध्ये एक संघाई लञ्च अटोमोटिभ टेक्नोलोजीअन्तर्गतको ‘एलएस अटो’ नेपाली बजारमा प्रवेश गरेको छ ।

कम्पनीले नवीनतम प्रविधि, उन्नत डिजाइन र उच्च क्षमताको इलेक्ट्रिक गाडी नेपाली उपभोक्तालाई उपलब्ध गराउन थालेको हो ।

सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच उसले आफ्नो नयाँ एसयूभी ‘एलईभी ०१’ लञ्च गरेको छ ।

नेक्सन भेन्वरले नेपालमा एलएस अटोको आधिकारिक वितरकको रूपमा काम गरिरहेको छ ।

कस्तो हो एलएस अटो ?

एलएस अटो एक नयाँ ऊर्जा सवारी साधन निर्माता कम्पनी हो, जसले विगत २५ वर्षदेखि अटोमोबाइल डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा परीक्षण उत्पादन गर्दै आएको छ ।

कम्पनीले चीनमा उच्च गतिमा चल्ने रेलदेखि हेलिकोप्टर डिजाइनसम्मको अनुभव हासिल गरिसकेको छ ।

नेपालसहित मौरिसस, टर्की, इजिप्त, नाइजेरिया, कजाकिस्तान र अन्य ११ देशमा एलएस अटोको उपस्थिति विस्तार भइसकेको छ ।

एलएस अटोको कस्तो छ उत्पादन क्षमता ?

कम्पनीको चीनको जियाङसी प्रान्तमा वार्षिक १ लाख ५० हजार युनिट उत्पादन क्षमता भएको कारखाना छ ।

युरोपेली बजारको मागलाई मध्यनजर गर्दै कम्पनीले टर्कीमा समेत उत्पादन प्लान्ट स्थापना गर्ने तयारी गरिरहेको छ ।

एलएस अटोले नेपालमा विभिन्न इलेक्ट्रिक एसयूभी तथा सेडान मोडेलहरू ल्याउने योजना बनाएको छ ।

पहिलो चरणमा एलईभी ०१ नामक एसयूभी नेपालमा भित्रिएको हो ।

कम्पनीका अनुसार एलईभी ०१ नेपालमा भित्रिएको पहिलो मोडेल हो, जसमा ब्याट्री क्षमता ६७.१२ किलोवाट आवर छ भने मोटर शक्ति ९९ किलोवाट (३०० न्युटन मिटर टर्क) छ ।

त्यस्तै, फास्ट चार्जिङमा केही घण्टामै पूर्ण चार्ज गर्न सकिने जनाइएको छ ।

यसले रेन्ज ५०० किलोमिटरसम्म दिन्छ भने ग्राउन्ड क्लियरेन्स २१० एमएम (नेपालका बाटोअनुसार उपयुक्त) छ ।

ड्राइभ अप्सनमा राइट ह्यान्ड ड्राइभ रहेको कम्पनीले जनाएको छ ।

एलईभी ०३ र एलईभी ०५ नेपाल आउने तयारीमा

एलएस अटोले सन् २०२५ भित्र दुई नयाँ मोडेल एलईभी ०३ (प्रिमियम क्रसओभर इलेक्ट्रिक एसयूभी) र एलईभी ०५ (मिडसाइज कम्प्याक्ट एसयूभी) ल्याउने योजना बनाएको छ ।

यी गाडीहरू पनि नेपालका सडक र मौसमअनुसार उपयुक्त हुने गरी तयार पारिएका छन् ।

एलईभी ०१ का विशेषताहरू

–सुरक्षा प्रणाली : १० वटा एयरब्याग, एबीएस, ईबीडी, ईपीएस, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल,

–डिजाइन : एरोडाइनामिक बडी, होरिजन्टल डीआरएल, भर्टिकल हेडलाइट, ०.२६८ ड्रयाग कोएफिसियेन्ट (इलेक्ट्रिक एसयूभीहरूमध्ये सबैभन्दा कम)

–अन्तरिक सुविधा : ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक टेलगेट, प्यानोरामिक सनरूफ

–चार्जिङ पूर्वाधार : नेपालभर चार्जिङ स्टेशनहरू विस्तार गर्ने योजना

मूल्य र वारेन्टी

– स्ट्यान्डर्ड एडिसन : ६१.९५ लाख रुपैयाँ

–कम्फर्ट एडिसन : ९.९५ लाख रुपैयाँ

–वारेन्टी : ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको मोटर तथा ब्याट्री वारेन्टी

Leave a Reply

Your email address will not be published. Required fields are marked *