स्वाप कार्यक्रममार्फत लठ्ठा, बुल्डअफ ग्रिप, निर्माण सामग्री खरिद, ढुवानी, मजदुरको ज्याला र गैरसरकारी संस्थाको सेवा शुल्कका लागि रू ४८ लाख ८८ हजार दुई सय ५१ बराबरको सहयोग भएको छ ।
यस वर्ष धवलागिरिमा खोलाखर्क र हाडेभिर–खारा जोड्ने म्याग्दी खोलामाथि दुईवटा झोलुङ्गे पुल निर्माण भएको छ ।
रू ५७ लाख ८६ हजार चार सय ८८ को लागतमा निर्माण भएको हाडेभिर–खारा जोड्ने एक सय एक मिटर लामो झोलुङ्गे पुलबाट धारापानी, खारा, बिम, इल्पुका एक सय ७४ घरका एक हजार दुई सय ३३ जनसङ्ख्या लाभान्वित भएका छन् ।
खोलाखर्कको झोलुङ्गे पुलको बिहीबार धवलागिरिका उपाध्यक्ष रेशम पुनमगरले उद्घाटन गरे ।
सडक सुविधाको पहुँच नभएको भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा निर्माण भएको झोलुङ्गे पुल सुरक्षित आवतजावत र यात्राअवधि छोट्याउन प्रभावकारी बनेको बताए ।
समुदाय, दातृ निकाय र गैरसकारी संस्थासँग समन्वय गरेर आवश्यक अन्य ठाउँमा पनि पुल निर्माणका लागि गाउँपालिकाले पहल गरेको पुनले बताए ।