Skip to content
भारतीय बजारमा सार्वजनिक भएका यी विद्युतीय गाडीहरू नेपाल ल्याउने प्रक्रिया सुरु भइसकेको व्यवसायीहरूले बताएका छन् ।
नेपाली बजारमा आउने पेट्रोल, डिजेलबाट चल्ने गाडीहरू अधिकांश भारतीय बजारमै उत्पादन भएका हुन् ।
पछिल्ला केही वर्षदेखि भने विद्युतीय गाडीको बजार हिस्सा बढ्न थालेपछि चिनियाँ गाडीको नेपालमा बहार नै आएको छ ।
बीवाईडी, एमजी, डिपल, सेरेस, चाङ्गन, ग्रेटवाल, नेटा भी लगायत ब्राण्ड नेपाली बजारमा सर्वाधिक रुचाइएका छन् ।
अहिलेसम्म भारतमा उत्पादित टाटाका ईभीले भने नेपाली बजारमा चिनियाँ गाडीसँग एक्लै प्रतिस्पर्धा गरिरहेको छ भन्दा फरक पर्दैन ।
टाटाको नेक्सन ईभी भारतका साथै नेपाली बजारमा निकै लोकप्रिय मानिन्छ ।
यसको टियागो ईभी पनि पछिल्लो समय निकै रुचाइएको गाडी हो । यसपटक टाटाले थप तीनवटा ईभीका मोडल सार्वजनिक गरेको छ ।
यो एक्सपोलाई हेर्दा चीनसँग प्रतिस्पर्धा गर्नैकै लागि भारतले पनि ईभी उत्पादनलाई प्राथमकिता दिएको देखिन्छ । यसमा टाटा शीर्ष स्थानमा छ ।
यो पटक मोबिलिटी एक्स्पोमा सार्वजनिक भएका टाटाका गाडीहरू दुई महिनाभित्र नेपाली बजारमा उपलब्ध हुने वितरक सिप्रदी ट्रेडिङले जानकारी दिएको छ ।
सन् २०२४ मा भारतमा टाटा सर्वाधिक प्यासेन्जर कार बेच्ने गाडीमा पहिलो नम्बरमा परेको छ । यसअघि उक्त स्थानमा सुजुकी थियो ।
सुजुकीको ईभीको प्रवेशलाई पनि निकै रोचकसाथ हेरिएको छ । सुजुकीले भिटारा ईभी मोबिलिटी एक्सपोमै सार्वजनिक गरेको मोडल हो ।
सुजुकी नेपाली बजारमा निकै रुचाइएको ब्राण्ड हो । नेपाली बजारमा सुजुकी भिटारा ईभीको प्रतिस्पर्धा बीवाईडी, डिपल जस्ता गाडीसँग हुनेछ ।
भारतीय बजारमा सार्वजनिक भएको हुन्डाई क्रेटा ईभीको नेपालमा पनि उत्तिकै चासोका साथ हेरिएको छ । क्रेटा नेपालमा रुचाइएको मोडल हो ।
यसको बीवाईडी, डिपलजस्ता प्रिमियम फिचर भएका चिनियाँ गाडीसँग प्रतिस्पर्धा हुनेछ ।
क्रेटा ईभी अबको एक महिनामा नेपाल आइपुग्ने हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।
Post Views: 406