उर्लाबारीमा स्कुटर दुर्घटना

मोरङको उर्लाबारीमा  ‘स्टार्ट’ गर्ने क्रममा शुक्रबार साँझ स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

उर्लाबारी नगरपालिका–५ सार्वजनिक शौचालयअगाडि प्रदेश १–०२–०४५ प २४६० नम्बरको स्कुटर ‘स्टार्ट’ गर्ने क्रममा आफैँ अनियन्त्रित भएर साँझ ५:४५ बजेतिर भित्तामा ठोक्किएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए।

उनका अनुसार दुर्घटनामा स्कुटर चालक उर्लाबारी–५ झुम्राहाका अन्दाजी ४५ वर्षीय नरेन्द्र गुरुङको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका गुरुङलाई प्रहरीले उपचारका लागि विराटनगरको न्युरो अस्पताल पठाएको थियो।

अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको र घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *