बेत्रावतीमा बेलिब्रिज जडानको काम आधा सकियो

नुवाकोट र रसुवा जोड्ने मुख्य सडक संजाल पुनः संचालनमा ल्याउन बेत्रावतीमा बेलिब्रिज जडानको काम युद्धस्तरमा अघि बढाइएको छ ।नेपाली सेनाले दिन रात दुवै शिफ्टमा पुल जडानको कामलाई तीव्रता दिएको हो ।

असोज २० देखि बेलिब्रिज जडानको काम थालेको सेनाले हालसम्म आधा काम सम्पन्न गरेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन् ।

उनका अनुसार लगातारको वर्षाले कामको गतिमा केही असर गरे पनि यसै साता जडान कार्य सम्पन्न गर्ने लक्ष्य छ। आगामी आइतबारभित्र बेलिब्रिज मार्फत नुवाकोट-रसुवा यातायात सेवा संचालन गर्ने तालिका रहेको उनको भनाइ छ ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले पक्की पुल बगाएसँगै बेत्रावती हुँदै रसुवा पुग्ने मुख्य सडक संजाल टुटेको थियो । गत साता मात्रै नयाँ ट्रयाक खोली बेत्रावतीसम्म सडक सम्पर्क पुर्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *