उता सिराहाको सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकमा स.१ ह ७२४ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २१ वर्षीय निरज कुमार कामतीको मृत्यु भएको छ ।
बुधबार बेलुकी उनको अटोको ठक्करबाट मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै कपिलवस्तुको कृष्णनगर नगरपालिका–१ मोडाहास्थित सडकमा यूपी ५५ एक्यू ५३४२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय बिरदलाल नाउँको मृत्यु भएको छ ।
बुधबार बेलुकी भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको शिबराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका–४ ईट्टा भट्टीस्थित सडकमा बा.प्र.०६–००१ प ६२७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रूपेन्देही सिद्धार्थनगर नगरपालिका–७ बस्ने ३५ वर्षीय पंकज ज्ञवालीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।
त्यस्तै कैलालीको लम्कीचुहा नगरपालिका–१० चुहास्थित सडकमा म.प.०३–००१ क २९४१ नम्बरको बसले से.३ प ४७९६ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक जोशीपुर गाउँपालिका–७ बस्ने ३० वर्षीय एकतन चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।