कलंकीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

कलंकीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु : काठमाडौं महानगरपालिका–१४ खसीबजारस्थित सडकमा मंगलबार राति भएको दुर्घटनामा पैदलयात्रुको मृत्यु भएको छ।

बा.प्र.०२–०२९ प १२७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री दक्षिणकाली नगरपालिका–१, खहरे बस्ने ५० वर्षीय प्रमेशकुमार खड्गीको मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको वयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलचालकलाई प्रहरीले पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *