रवि लामिछानेलाई काठमाडौं ल्याइयो

रवि लामिछानेलाई काठमाडौं ल्याइयो: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई बिहीबार पोखराबाट काठमाडौं ल्याइएको हो।

बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याएका उनलाई विमानस्थलभित्रबाटै गाडीमा राखी लगिएको छ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगी ठगी गरेको भन्ने मुद्दामा बयान र अनुसन्धानका लागि प्रहरीले लामिछानेलाई काठमाडौं ल्याएको हो।

काठमाडौंमा बयान र अनुसन्धान सकेर लामिछानेलाई पुनः पोखरा लगिनेछ।

यसअघि २ मंसिरमा सो सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले लामिछानेलगायत अन्यविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *