लिथुआनियामा कार्गो जेट दुर्घटना

लिथुआनियामा कार्गो जेट दुर्घटना: लिथुआनियाको भिल्नियस विमानस्थल नजिक एउटा कार्गो विमान दुर्घटना भएको छ ।

यो दुर्घटनामा कम्तीमा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएको भन्दै बीबीसीले समाचार छापेको छ ।

स्पेनी कार्गो विमान सेवा प्रदायक कम्पनी स्वीफ्टएयरको उक्त बोइङ ७३७ विमानलाई जर्मन कुरियर कम्पनी डीएचएलले चलाएको थियो ।

विमान अवतरण हुनुभन्दा केही समय अगावै विमानस्थल निकट रहेको एउटा घर नजिकै दुर्घटनामा परेको थियो ।

दुर्घटना स्थल नजिकैबाट १२ जनाको भने सकुशल उद्धार गरिएको प्रहरीले बताएको छ । विमान स्थानीय समयअनुसार ३ बवे लेइप्जिग विमानस्थलबाट उडेको थियो ।

त्यसको डेढ घण्टापछि विमान दुर्घटनामा परेको फ्लाइट ट्र्याक गर्ने वेबसाइट फ्लाइटरडार २४ को डेटाले देखाएको छ ।

दुर्घटनापछि विमानस्थलको धावनमार्गबाट १.३ किमी पर रहेको भवनको धुवाँ आइरहेको देखिएको भन्दै रोयटर्सले पनि समाचार छापेको थियो ।

दुर्घटनाको कारण अहिलेसम्म अज्ञात छ । लिथुआनियाली अधिकारीहरूले घटनाको छानबिन सुरु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *