भाटभटेनी र रिन्यु होल्डिङ्सबीच विद्युत् उत्पादन गर्ने सम्झौता

भाटभटेनी र रिन्यु होल्डिङ्सबीच विद्युत् उत्पादन गर्ने सम्झौता: भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्ट स्टोर प्रालि र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार भाटभटेनीका विभिन्न सुपरमार्केटको छत तथा खाली स्थान उपयोग गरी १२.७५० मेगावाटबराबरको सौर्य विद्युत् उत्पादन गरिनेछ ।

समझौतापत्रमा भाटभटेनीका सञ्चालक सावित्री गुरुङ र रिन्यु होल्डिङ्सका प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौताले नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रको प्रवद्र्धन र दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्ने तथा कार्बन उत्सर्जन पनि कम गर्ने बताइएको छ ।

रिन्यु होल्डिङ्सले सोलार, हाइड्रोलगायत नेपालको नवीकरणीय ऊर्जाका साथै चार्जिङ स्टेसन र नवीकरणीय ऊर्जासम्बन्धी नवीनतम प्रविधिमा काम गर्ने लक्ष्य लिएको छ ।

भाटभटेनीले देशभर २७ वटा सुपरमार्केटको स्थापना गरिसकेको छ भने अबको पाँच वर्षमा ५१ वटा स्टोर स्थापना गर्ने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *