सीजी मोटर्स सम्मानित

सीजी मोटर्स सम्मानित: आन्तरिक राजश्व कार्यालय ललितपुरले सीजी मोटर्सलाई सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रुपमा सम्मान गरेको छ।

राष्ट्रिय कर दिवसका अवसरमा शुक्रबार राजस्व कार्यालयमा आयोजित कार्यक्रमका बीच सम्मान गरिएको हो।

आन्तरिक राजश्व कार्यालय ललितपुरमा व्यावसायिक स्थायी लेखा नम्बर लिई कारोबार गरेका करदाताहरूमध्ये आर्थिक वर्ष २०७९/०८० को आय विवरणको आधारमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सीजी मोटर्सलाई सम्मान गरिएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत नवराज पन्थीले चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई खादा र सम्मान पत्रद्वारा सम्मान गरेका हुन्।

सीजी मोटर्सलाई सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रूपमा सम्मान गर्न पाउँदा खुसी लागेको र आगामी वर्षहरूमा कम्पनीले थप व्यावसायिक सफलता हासिल गर्न सकोस् भन्दै उनले शुभकामना दिए।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक चौधरीले आफ्नो ग्रुपले देशको कुल सरकारी राजस्वको दुई प्रतिशत कर योगदान गर्न सकेकोमा सन्तोष व्यक्त गर्दै राष्ट्रको भौतिक एवं सामाजिक विकासमा यस्तो योगदानलाई बढाउँदै लैजान चौधरी ग्रुप प्रतिबद्ध रहेको बताए।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *