श्रीलंकन एयरलाइन्सले घटायो हवाई भाडा

श्रीलंकन एयरलाइन्सले घटायो हवाई भाडा: नेपालमा नियमित उडान गरिरहेको श्रीलंकन एयरलाइन्सले हवाई भाडा घटाएको छ ।

कम्पनीका सेल्स म्यानेजर दीपक मैनालीका अनुसार श्रीलंका–काठमाडौं–श्रीलंका र काठमाडौं–माल्दिभ्स–काठमाडौं दुबै रुटमा ५ देखि २० प्रतिशतसम्म भाडा घटेको छ।

घटेको भाडादर आजबाट ३१ डिसेम्बरसम्म लागु हुने उनले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल सरकारको अनुरोधमा कम्पनीले भाडा घटाउने निर्णय लिएको उनको भनाई छ । यसअघि नेवानिले समेत बिहीबार भाडा घटाएको घोषणा गरेको थियो ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *