बुढीगण्डकी परियोजनामा तीन महिनामा ऋण सम्झौता

बुढीगण्डकी परियोजनामा तीन महिनामा ऋण सम्झौता: ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् परियोजनामा तीन महिनाभित्र ऋण सम्झौता गर्ने तयारी छ।

यो परियोजना गोरखामा बन्ने छ र यसको लागत ७० अर्ब रुपैयाँ अनुमान गरिएको छ।

परियोजनाको ७५ प्रतिशत रकम ५२ अर्ब ५० करोड बैंकबाट ऋण लिइनेछ।

बाँकी १७ अर्ब ५० करोड कम्पनीले स्वःपुँजीका रूपमा लगानी गर्नेछ।

यो निजी क्षेत्रको तेस्रो ठूलो जलविद्युत् परियोजना हो।

यसअघि २८५ मेगावाट माथिल्लो तमोर परियोजना पनि वित्तीय सम्झौतासम्म पुगेको छ।

टाइम्स इनर्जीले पुस ०८० मा परियोजनाको अनुमति प्राप्त गरेको थियो।

नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् बिक्री सम्झौतासमेत भइसकेको छ।

अब निर्माण कार्य सुरू गर्नका लागि क्याम्प बनाउने तयारी भइरहेको छ।

परियोजना ५ वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य छ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *