हवाई भाडा निगरानी कार्यदल गठन

हवाई भाडा निगरानी कार्यदल गठन: संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावको अध्ययन गर्न कार्यदल गठन गरेको छ।

यस कार्यदलको संयोजकत्व संस्कृति मन्त्रालयका सहसचिव इन्दु घिमिरेले गर्ने छन्।

कार्यदलमा गृह मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सदस्यको रूपमा सामेल छन्।

मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेका अनुसार, कार्यदलले यथाशीघ्र प्रतिवेदन पेश गर्नेछ।

यसले हवाई टिकटको कालोबजार र एयरलाइन्सको टिकट बिक्रीमा अनुगमन गर्नेछ र सुझाव दिनेछ।

यस सुझावको आधारमा मन्त्रालयले आवश्यक निर्णय गर्नेछ।

हवाई भाडा बढेकोमा गुनासो बढेपछि, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सलाई २४ घण्टाभित्र हवाई भाडा जानकारी उपलब्ध गराउन निर्देशन दिएका थिए।

त्यस निर्देशनपछि, ११ वटा अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सले बिक्री गरेको टिकटको मूल्य, उपलब्धता र यात्रुको विवरण मन्त्रालयमा बुझाएको छ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *