धरहरा उद्घाटनको दुई महिना पछि लिफ्ट बिग्रिएको

धरहरा उद्घाटनको दुई महिना पछि लिफ्ट बिग्रिएको: संविधान दिवसको अवसरमा सर्वसाधारणका लागि खोलेको धरहरा दुई महिनामा सञ्चालन गर्दा लिफ्ट बिग्रिएको छ।

दुई दिनदेखि धरहराको लिफ्ट चल्न सकेको छैन। सहरी विकास मन्त्रालयका अधिकारीका अनुसार धरहरा खुलेपछि अत्यधिक भीडका कारण लिफ्टमा समस्या आएको र केही समय अड्किरहेको थियो।

सहरी विकास विभाग प्रमुख मचाकाजी महर्जनले भने, “लिफ्टको प्राविधिक समस्या समाधान भइसकेको छ, अब धरहरा आइतबार साँझदेखि सामान्य रूपमा सञ्चालनमा आउँछ।”

मन्त्रालयका प्रवक्ता विनु बज्राचार्य कुँवरले पनि लिफ्टको समस्या हल भएको र धरहरा अब पुनः सञ्चालनमा आएको जानकारी दिए।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *