चितवनको रामनगरमा बस दुर्घटना

चितवनको रामनगरमा बस दुर्घटना: चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको रामनगरमा बसले अटो रिक्सा चालकलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका छन्।

काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको बसले विपरीत दिशामा आउँदै गरेको अटो रिक्सा ठक्कर दिएको हो।

घटनामा ३६ वर्षका मेनचन्द्र गुरुङ घाइते भएका छन्।

उनलाई उपचारका लागि भरतपुर अस्पताल पुर्‍याइएको थियो, तर थप उपचारका लागि राति सीएमसी रिफर गरिएको छ।

चिकित्सकका अनुसार उनका शरीरमा बाह्य चोट नभए पनि भित्री अंगमा चोट लागेको छ।

प्रहरीले बस र त्यसका चालकलाई पक्राउ गरेको छ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *