इटालीबाट फर्किरहेको नेवानिको वाइडबडी: नेपाल एयरलाइन्सको वाइडबडी जहाज ‘९एन–एलजेड’ ८२ दिनपछि सोमबार काठमाडौं फर्किने भएको छ।
यस जहाजलाई इटालीको नेपोल्समा मर्मत र ‘सी–चेक’का लागि पठाइएको थियो।
जहाज राति नेपोल्सबाट उडेर सोमबार बिहान ९:२० बजे काठमाडौं आइपुगेको हुनेछ।
क्याप्टेन विशाल देवान, क्याप्टेन भोगेन्द्र कठायत र एयर होस्टेस जुनु सिरालको टोलीले इटालीबाट जहाज ल्याउनेछन्। जहाज तयार थियो, तर क्रु मेम्बरको विश्राम समय मिलाउन ढिला भयो।
सोमबार बिहान १० बजेभित्र जहाज काठमाडौं आइपुग्ने छ।
नेपाल एयरलाइन्सले १२ भदौमा जहाजलाई इटाली पठाएको थियो। मर्मत गर्ने कम्पनीले समयमै काम सक्न सकेन, जसका कारण जहाज ५२ दिन ढिला भएर फर्किँदै छ।
यस ढिलाइका कारण विमान सेवा प्रभावित भएको छ।
Visit homepage : eautonepal.com