५०० वटा चार्जिङ स्टेशन निर्माणको तयारी

‘नेपाल ईभी तथा नेपाल पावर लाइट एण्ड इलेक्ट्रोनिक प्रदर्शनी’ मेला उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले ५०० वटा चार्जिङ स्टेशन निर्माणलाई अभियानको रूपमा अघि बढाउने तयारी गरेको बताएका थिए ।

ऊर्जामा आत्मनिर्भर हुँदै गएकाले विद्युतीय सवारीसाधन र उपकरणको प्रयोगलाई बढावा दिने उद्देश्यका साथ सरकारले आफ्ना नीति तथा कार्यक्रम अगाडि बढाएको उनको भनाइ थियो ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका ५० वटा चार्जिङ स्टेशन एकाधबाहेक अधिकांश सञ्चालनमा आइसकेका छन् ।

सरकार दीर्घकालीन सोचका साथ ऊर्जा क्षेत्रको विकासका लागि प्रयत्नशील रहेको उनको दाबी छ ।

ऊर्जा क्षेत्रको समयानुकूल विकासका लागि सरकारले हालैमात्र नयाँ विद्युत विधेयक तयार गरेको र संघीय संसद्‍मा पेस हुने चरणमा रहेको उनले बताए ।

मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एण्ड इम्पोर्टरस एशोसिएशन अफ नेपाल को सयुक्त आयोजनामा सो प्रदर्शनी भएको हो ।

यस प्रर्दशनीमा सहयोगी संस्थाको भूमिकामा वैकल्पिक ऊर्जा प्रवर्दन केन्द्र, नेपाल विद्युत प्राधिकरण तथा युएसआईडी क्लिन एयर्एफएचाइ तीन सय ६० रहेका थिए ।

साथै ल्यान्यार्ड सहयोगीमा यासुडा तथा ई कमर्स सहयोगीमा दराज रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *