लुयान नेपालको विन्टर राइड अफर

http://लुयान नेपालको विन्टर राइड अफरदेशको उर्जा देशमै खपत भन्ने नाराका साथ लुयान नेपालले विगत ५ बर्षदेखि नेपालमा बिभिन्न मोडलका इलेक्ट्रिक स्कुटर बिक्रि गर्दै आएको लुयान नेपालले विन्टर राइड अफर ल्याएको छ ।

उक्त अफर अन्तर्गत लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्दा १० हजार नगद छुटका साथै एउटा प्रिमियम हेलमेट र बाइक कभर उपहार पाइने कम्पनीले जनाएको छ ।

अफर २०८१ कार्तिक २५ गते देखि मँसिर मसान्तसम्म सञ्चालन हुनेछ ।

नगद छुटको अतिरिक्त कम्पनीले चालु आर्थिक बर्षको कर र ६ पटक निशुल्क सर्भिस समेत उपलब्ध गराउने भएकोे छ ।

यसका साथै कम्पनीले कुनै पनि पुराना बाइक अथवा स्कुटर ल्याएर लुयानका नयाँ स्कुटरसँग साटफेर गरेर पनि लान सकिने एक्सचेन्जको सुविधा समेत उपलब्ध भएको जानकारी दिएको छ ।

कम्पनीले नियमित आम्दानीको आधारमा फाइनान्सको पनि सुविधा दिन सकिने जनाएको छ ।

आम्दानीको स्तरको आधारमा न्यूनतम २० प्रतिशत डाउनपेमेन्टमा अधिकतम २ बर्षसम्मको फाइनान्स सुविधा दिन सकिने बताइएको छ ।

लुयानका स्कुटरहरुमा लिक्विड कुल्ड मोटर हुने हुँदा सामान्य हब मोटर भएको स्कुटर भन्दा तान्ने क्षमता बढी हुने गर्दछ भने यसको लाइफ पनि बढी हुन्छ ।

आइपि ६७ वाटर एण्ड डस्ट रेसिस्टेन्टयुक्त स्कुटर भएकाले लुयानका स्कुटरहरुलाई बर्षा याममा चलाउन कुनै समस्या नपर्ने कम्पनी दाबी छ ।

काठमाण्डौं उपत्यका भित्र ९ स्थानमा सर्भिस सेन्टरको व्यवस्था गरेको कम्पनीले हरेक सर्भिस सेन्टरमा चार्जिङ्ग प्वाइन्ट समेत उपलब्ध गराएको छ ।

Homepage: www.eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *