नाडा अटो शोमा एमजी साइबरस्टर

नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजीको नयाँ अल इलेक्ट्रिक कार साइबरस्टर भित्र्याएको छ ।

आगामी भाद्र ११ देखि काठमाडौंको भृकुटीमण्डपमा शुरु हुने नाडा अटो शो २०२४ मा सो गाडी प्रदर्शन गरिने छ ।

एमजी साइबरस्टरमा १५० किलोवाटको मोटर र ७७ किलोवाट आवरको ब्याट्री रहेको छ ।

साइबरस्टरको मूल्य १ करोड ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *