नेशनल अटोक्रस च्याम्पियन आशिष भारती

नेपाल मोटर स्पोर्ट्स एन्ड रोड सेफ्टि फ़ेडेरेसन (NMRF ) ले विश्व पर्यावरण दिवसको शुभ अवसरमा, NMRF ले MOSROS ललितपुर – चन्द्रागिरी सम्पदा मोटर रेली र राष्ट्रिय अटोक्रस च्याम्पियनसिपको चन्द्रागिरिस्थित मदन भण्डारी स्पोर्टस् कम्प्लेक्समा आयोजित प्रतियोगितामा राष्ट्रिय कार रेस प्रतियोगिता नेशनल अटोक्रस च्याम्पियनसिपको उपाधि आशिष भारतीले जितेका छन् , विप्लक श्रेष्ठ दोस्रो भएका थिए ।

यस पटकको प्रतियोगितामा पहिलो र दोस्रो हुनेलाई भियतनाममा केही समयपछि हुने अन्तर्राष्ट्रिय मोटर रेस प्रतियोगितामा सहभागी गराइने जानकारी आयोजकहरूले दिएका छन् ।

MOSROS ललितपुर – चन्द्रागिरी सम्पदा मोटर रेलीको संयोजक एवं संस्थाका सचिव अनिल बरालले संचालन गरेको प्रतियोगितामा तीनजना महिलासहित २७ जना सहभागी थिए ।

प्रतियोगिताकै नोभिस श्रेणीतर्फको रेसमा लाक्पा सोनाम शेर्पाले प्रथम स्थान हासिल गरे भने राजकुमार कार्की दोस्रो भए ।

प्रतियोगिता अन्तर्गत ललितपुर चन्द्रागिरि सम्पदा मोटर र्यालीमा भने विप्लप श्रेष्ठ र राजन गिरीको जोडी प्रथम, प्रवेश पौडेल र प्रज्ज्वल पौडेलको जोडी दोस्रो र आशिष भारती र गौरवराज मानन्धरको जोडी तेस्रो भएको थियो ।

उक्त प्रतियोगितामा ललितपुर, काठमाडौँ र कीर्तिपुरका विभिन्न सम्पदा घुम्दै चन्द्रागिरि पुग्नुपर्ने थियो । यसमा प्रत्येक कारमा चालक र नेभिगेटर गरी दुई व्यक्ति सहभागी हुने गर्छन् ।

विजयी खेलाडीलाई पुरस्कार वितरण गर्दै चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले परम्परागत खेलमात्र नभई कार रेसजस्तो पर्यटन प्रवर्द्धन गर्ने साहसिक खेलमा समेत नगरपालिकाले ध्यान दिन थालेको र आगामी दिनमा यस्ता प्रतियोगिता गर्न नगरपालिकाको तर्फबाट सहयोग रहने बताए ।

देशमा साहसिक कार रेस प्रतियोगिताको विकास गर्ने र नेपाललाई यस खेलका विश्वस्तरीय स्पर्धाका लागि आकर्षक गन्तव्यका रूपमा प्रचार गर्ने उद्देश्यले प्रतितियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष दीपक आचार्यले जानकारी दिए ।

कार रेसिङ खेलको अन्तर्राष्ट्रिय संस्था फिआका नेपाल प्रतिनिधि गोविन्द भट्टराईले पर्यापर्यटनलाई समेत टेवा दिने भएकाले आगामी दिनमा यो खेल लोकप्रिय हुने प्रचुर सम्भाना रहेको बताए ।

प्रतियोगिता संयोजक एवं संस्थाका सचिव अनिल बरालले चन्द्रगिरिमा प्रतियोगिता आयोजना हुँदा देखिएको जनसमर्थनले देशमा एउटा रेस ट्रयाकको आवश्यकता टड्कारो देखिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *