MOSROS ललितपुर – चन्द्रागिरी सम्पदा मोटर रेली सम्पन्न

नेपाल मोटर स्पोर्ट्स एन्ड रोड सेफ्टि फ़ेडेरेसन (NMRF ) ले विश्व पर्यावरण दिवसको शुभ अवसरमा MOSROS ललितपुर – चन्द्रागिरी सम्पदा मोटर रेली र राष्ट्रिय अटोक्रस च्याम्पियनसिपको चन्द्रागिरिस्थित मदन भण्डारी स्पोर्टस् कम्प्लेक्समा आयोजित प्रतियोगिता सम्पन्न भएको छ ।

पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य शिशिर खनाल र ललितपुर महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सन्तोष खड्काले एक समारोहका बिच फ्ल्याग अफ गरी सो कार -यालीको शुभारम्भ गरे ।

सो अवसरमा बोल्दै मन्त्री शिशिर खनालले नेपालमा मोटर स्पोर्ट्सले साहसिक खेलकुद तथा दिगो पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु-याउने बताए ।

तीनजना महिला सहित २७ जना सहभागी प्रतियोगिता देशमा साहसिक कार रेस प्रतियोगिताको विकास गर्ने र नेपाललाई यस खेलका विश्वस्तरीय स्पर्धाका लागि आकर्षक गन्तव्यका रूपमा प्रचार गर्ने उद्देश्यले  आयोजना गरिएको आयोजक संस्था NMRF का अध्यक्ष दीपक आचार्यले जानकारी दिए ।

नेसनल अटोक्रस च्याम्पियनसिपको शुभारम्भ चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले गरेका थिए । उनले नासा नेपालका उपाध्यक्ष अनिल बरालले चलाएको गाडीमा बसेर ट्रयाक परिक्रमा गरी यसको शुभारम्भ गरेका थिए ।

राष्ट्रिय कार रेस प्रतियोगिता नेशनल अटोक्रस च्याम्पियनसिपको उपाधि आशिष भारतीले जितेका छन् भने विप्लक श्रेष्ठ दोस्रो भएका थिए ।

प्रतियोगिताकै नोभिस श्रेणीतर्फको रेसमा लाक्पा सोनाम शेर्पाले प्रथम स्थान हासिल गरे भने राजकुमार कार्की दोस्रो भए ।

प्रतियोगिता अन्तर्गत ललितपुर चन्द्रागिरि सम्पदा मोटर र्याली (TSD) मा भने विप्लक श्रेष्ठ र राजन गिरीको जोडी प्रथम, प्रवेश पौडेल र प्रज्ज्वल पौडेलको जोडी दोस्रो र आशिष भारती र गौरवराज मानन्धरको जोडी तेस्रो भएको थियो ।

विजयी खेलाडीलाई पुरस्कार वितरण गर्दै चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले परम्परागत खेलमात्र नभई कार रेसजस्तो पर्यटन प्रवर्द्धन गर्ने साहसिक खेलमा समेत नगरपालिकाले ध्यान दिन थालेको र आगामी दिनमा यस्ता प्रतियोगिता गर्न नगरपालिकाको तर्फबाट सहयोग रहने बताए ।

उक्त प्रतियोगितामा ललितपुर, काठमाडौँ र कीर्तिपुरका विभिन्न सम्पदा घुम्दै चन्द्रागिरि पुग्नुपर्ने थियो । यसमा प्रत्येक कारमा चालक र नेभिगेटर गरी दुई व्यक्ति सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *