चितवन अटाेमाेवाईल्स एशाेशिएसनद्वारा अटाेमाेवाईल्स ब्यबसायी बिच व्यबसायिक सम्बन्ध अझै मजबुत बनाउने उदेश्यका साथ अन्तर सदस्यीय फुटसल प्रतियाेगिता जेष्ठ २५ र २६ गते अायाेजना गर्दैछ।
४ टिमकाे सहभागीता रहने प्रतियाेगितामा बालमाेरेल लुब्रीकेन्टस, म्याकसाेल लुब्रीकेन्टस, सिएट टायर, लिभगाड ब्याट्रीद्वारा टिमहरूकाे साैजन्य गरेका छन भने प्रतियाेगिताकाे प्रायोजन: म्याक लुब्रीकेन्टसले गर्दैछ र साथै पुरस्कार राशीकाे साैजन्य केन्द्रीय संस्था नाडाले गर्ने छ।
फाइनल खेल हेर्न नाडा अध्यक्ष करण चाैधरीकाे पनि उपस्थिति रहनुका साथै उहाँले समापन कार्यक्रमकाे प्रमुख अातित्था ग्रहण गर्नु हुने जानकारी संस्थाका सचिव माेहन केसीले गराउनु भयाे।