लुयानको सबैभन्दा बढी सर्भिस सेन्टर

लुयान इलेक्ट्रिक स्कुटरको नेपालकोे आधिकारिक वितरक जीरो इमिसन राइड एनले जनाए अनुसार नेपालमा भएका इलेक्टिक स्कुटर मध्ये सबैभन्दा बढी सर्भिस सेन्टर लुयानको रहेको छ ।

यसका काठमाडौं उपत्यकामा मात्र ७ स्थानमा सर्भिस सेन्टर सञ्चालनमा रहेका छन् ।

नेपालीहरुको उल्लासमय पर्व होलीको उपलक्ष्यमा लुयान इलेक्ट्रिक स्कुटर कम्पनीले नगद छुट सहित अन्य सुविधा सहितको होली अफर सञ्चालन गरेको छ ।

जस अन्तर्गत लुयान इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकले नगद १५ हजार छुट पाउनुको साथसाथै केही एसेसरिज निःशुल्क पाउनेछन् ।

यसका साथै एउटा प्रिमियम हेलमेट, रेनकोट, बाइक कभर ग्राहकले पाउनेछन् ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार लुयान स्कुटर खरिद गर्ने ग्राहकले सधैं झैं चालु आर्थिक बर्षको कर, ६ पटकसम्म निःशुल्क सर्भिस तथा स्कुटरका विभिन्न कम्पोनेन्टमा वारेन्टी पाउन सक्नेछन् ।

यसका साथै कम्पनीले एक्सचेन्ज तथा फाइनान्सको समेत सुविधा रहेको कम्पनीका सेल्स तथा मार्केटिङ हेड शंकर शर्माले जनाएको छ ।

कुनै पनि कम्पनीका पुराना बाइक तथा स्कुटरसँग साटेर लुयानका नयाँ स्कुटर लैजान सकिने व्यवस्था समेत छ ।

यो स्किम कम्पनीको मुख्य शोरुम नागपोखरी, काठमाडौं लगायत कम्पनीका अन्य शोरुम तथा डिलरहरुबाट पाउन सकिने बताइएको छ ।

लुयान ब्रान्डका हरेक स्कुटरहरुमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको हुन्छ ।

जसका कारण स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटर भन्दा बढी हुने कम्पनीले दावी गरेको छ ।

लुयानका स्कुटरहरुमा रन फ्ल्याट टायरको प्रयोग गरिएको हुन्छ ।

टायर पन्चर भएर त्यसमा हावा कत्ति नभए पनि करिब ४० देखि ५० किलोमिटरसम्म चलाउँदा पनि रिम र टायरमा असर पर्दैन ।

लुयानका स्कुटरहरुमा ओरालोमा चलाउँदा आफै ब्याट्री चार्ज हुने रिजेनरेटिभ ब्रेकिङ लगायत अत्याधुनिक प्रविधियुक्त कम्पोनेन्ट तथा फङसनहरुको प्रयोग भएको हुनाले पनि विश्वबजारमा जस्तै नेपालमा पनि यसको विश्वास बढ्दै गइरहेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *