महाकाली करिडोरअन्तर्गत २० किलोमिटर नयाँ ट्रयाक खोल्ने, १० किलोमिटर सडक ग्राभेल गर्ने लक्ष्य छ ।
यो अवधिमा नौ किलोमिटर नयाँ ट्रयाक निर्माण गरिएको र तीन किलोमिटर सडक ग्राभेल गरिएको आयोजनाका इन्जिनियर दीपक विष्टले बताए ।
दार्चुलाको बेत–उकु खण्ड र खलंगा–हिकिला खण्डमा पनि सडक कालोपत्रेका लागि सडक चौडा बनाउने कार्य भइरहेको छ ।
कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्मको तीन सय ३४ किलोमिटर सडक महाकाली कोरिडोरअन्तर्गत निर्माण भइरहेको हो ।
योमध्ये पुस मसान्तसम्म दुई सय ४२ किलोमिटर सडकको ट्रयाक खुलिसकेको छ ।
कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा २७ किलोमिटर, बैतडीमा एक सय १० किलोमिटर र दार्चुलामा ९४ किलोमिटर सडकको ट्रयाक खुलिसकेको योजना कार्यालयले जनाएको छ ।
डडेल्धुराको सिमलतालदेखि भागेश्वर गाउँपालिका हुँदै सुनर्यासम्म, बैतडीको शिवनाथ र पञ्चेश्वर गाउँपालिका क्षेत्र तथा दार्चुलाको लेकम र मालिकार्जुन गाउँपालिका क्षेत्रमा सडकको ट्रयाक निर्माण गर्न बाँकी छ ।
डडेल्धुरामा ३१ किलोमिटर, बैतडीमा ३४ किलोमिटर र दार्चुलामा २७ किलोमिटर सडकको ट्रयाक निर्माण बाँकी रहेको विष्टले बताए ।
महाकाली कोरिडोरका लागि चालू वर्षमा २९ करोड ६५ लाख बजेट विनियोजन भएकोमा हालसम्म २४ करोड खर्च भइसकेको छ ।