जिल्ला प्रहरी कार्यालय दोलखाले आफ्नो माताहतमा रहेका मोटरसाइकल प्रमाणसहित दाबी गर्न आउन आह्वान गरेको छ ।
विभिन्न समयमा बेवारिसे फेला परेका र चोरी भएका मोटरसाइकल प्ररहीले बरामद गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय दोलखाले सूचना जारी गरी विभिन्न समयमा बरामद तथा नियन्त्रणमा लिइएका मोटरसाइकल आफ्नो पुष्टि हुने कागजातसहित दाबी गर्न उल्लेख गरेको छ ।
जिल्लाका विभिन्न स्थानमा बेबारिसे अवस्थामा फेला परेका तथा स्वामित्व नखुलेका ४३ वटा मोटरसाइकल रहेका छन् ।
दोलखा प्रहरीले १५ दिने सूचना जारी गरी सम्बन्धित मोटरसाइकल धनीलाई बुझाउन लागेको हो ।
चरिकोटसहित जिल्लाभरका विभिन्न इलाका र प्रहरी चौकीमा रहेका कतिपय मोटरसाइकल चल्ने अवस्थामै भएपनि कतिपय कवाडीमा परिणत भइसकेका छन् ।
कुनै व्यक्ति वा संघसंस्थाको स्वामित्व नखुलेको, चालु तथा बन्द अवस्थामा जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयमा रहेका मोटरसाइकल १५ दिनभित्र कागजातसहित दावी गर्न नआए लिलाममार्फत बिक्री गरिने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए ।
मोटरसाइकल सरकारी सम्पति जिन्सी मालसामान लिलाम बिक्री व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९ परिच्छेद ३ अनुसारको नियम २० मा व्यवस्था भए अनुसार प्रकृया अघि बढ्ने डिएसपी खड्काले बताए ।