Skip to content
भारतीय अटो निर्माता कम्पनी हिरोले चौधरी ग्रुपलाई आधिकारिक रुपमा नेपालको एजेन्सीको मान्यता दिएको हो।
हिरो मोटोकर्पले सन् २०१४ मा नेपाल प्रवेश गरेको थियो।

हिरो मोटोकर्प र सिजी मोटर्सले नेपालमा उत्पादनह एसेम्बल गर्नका अत्याधिनुक ग्रीनफिल्ड सुविधा स्थापना गर्ने बताइएको छ। अब चौधरी ग्रुपले हिरो मोटरसाइकल नवलपुरमा वार्षिक ७५ हजार युनिट एसेम्बल गर्ने गरी उद्योग स्थापना गर्ने भएको छ। फागुनदेखि नै एसेम्बल उद्योग स्थापना गर्ने बताइएको छ।
सहकार्यबारे टिप्पणी गर्दै हिरो मोटोकर्पका ग्लोबल बिजनेस हेड सञ्जय भानले नेपालमा चौधरी ग्रुपसँग साझेदारी गर्न पाउँदा उत्साहित भएको बताए।
‘चौधरी ग्रुपको विशाल विशेषज्ञता र विविध व्यापारिक ज्ञानका साथै,यो समूहले नेपालको सञ्जाललाई ठूलो टेवा प्रदान गर्नेछ,’ बिजनेस हेड भानले भने, ‘नेपाल हाम्रा लागि अत्यन्तै महत्त्वपूर्ण बजार हो र यहाँ हाम्रा ग्राहकलाई उत्कृष्ट उत्पादन, सेवा र अनुभवह उपलब्ध गराउने हाम्रो निरन्तर प्रयास हो।’
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विश्वव्यापी मोटरसाइकल र स्कुटरको अग्रणी निर्माताको रूपमा चिनिने हिरो मोटोकर्पसँगको सहकार्यको घोषणा गर्न पाउँदा हर्षित भएको बताए।
‘यो साझेदारीले सिजी मोटर्सको अटोमोटिभ बजारमा पुनः प्रवेशको महत्त्वाकांक्षी रहेको छ,’ प्रबन्ध निर्देशक चौधरीले भने, ‘हिरो मोटोकर्पका प्रख्यात उत्पादन र सेवाको लाभ उठाउँदै स्थानीय बजारको गतिशीलताको हाम्रो गहिरो बुझाइले व्यवसायवृद्धिलाई अगाडि बढाउन अग्रसर हु्नेछौं।’
Post Views: 477