गत आर्थिक वर्ष (आव) को पहिलो ६ महिनाको दाँजोमा चालु आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा विद्युतीय सवारीसाधन (ईभी) आयात तीन गुणाले बढेको छ ।
गत आव २०७९/८० पुस मसान्तसम्म १ हजार ७ सय ४९ युनिट ईभी आयात भएको थियो ।
चालु आव पुस मसान्तमा आइपुग्दा यो संख्या ५ हजार १ सय ७ भएको छ ।
गत आवभरि भित्रिएका ईभीको तुलनामा यो वर्ष पहिलो ६ महिनामै १ हजार १ सयभन्दा धेरै भित्रिएका छन् ।
गत आवभरिमा ४ हजार ५० युनिट ईभी भित्रिएको थियो । यो तीन पाङ्ग्रे ईभीबाहेक तथ्यांक हो ।
तथ्यांकअनुसार गत मंसिरसम्म ३ हजार ६ सय ३६ युनिट ईभी भित्रिएकोमा पुसमा मात्रै १ हजार ४ सय २१ भित्रियो । त्यसमध्ये १ हजार ३ सय २५ कार तथा बाँकी भ्यान छ ।