नेपाल एयरलाइन्सका जहाज खरिद गर्न ३ देशका कम्पनीले गरे प्रस्ताव

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले खरिद गर्न लागेको ३ वटा जहाजका लागि ३ वटा प्रस्ताव परेका छन् ।

निगमले दुर्गम क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खरिद गर्न लागेको ३ वटा साना जहाजको लागि ३ वटा प्रस्तावहरु परेको जनाएको छ ।

यी प्रस्तावहरु उपर अहिले मुल्यांकनको काम भइरहेको भन्दै निगमले चाँडै खरिद प्रक्रिया टुंगोमा पुग्ने जनाएको छ ।

जहाज खरिद नै गरिदैन भन्ने जस्ता तथ्यहीन र भ्रमपुर्ण प्रचारप्रती गम्भिर असहमति रहेको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *