मिसेस नेपाल वल्र्डका विजेता पृथ्विया थापालाई स्कुटर

रिबन इन्टरटेनमेन्टले हालै सम्पन्न गरेको मिसेस नेपाल वल्र्ड ब्युटी प्याजेन्टका विजेता पृथ्विया थापालाई इलेक्ट्रिकल स्कुटर तथा अन्य पुरस्कारहरु प्रदान गरिएको छ ।

उक्त कार्यक्रममा मिसेस नेपाल वल्र्ड २०२३ का विजेताहरु, प्रायोजक कम्पनीहरु तथा धेरै कम्पनीका पाहुनाहरुको लागि गत वुधबार सक्सेस पार्टि, प्रमाणपत्र तथा विभिन्न पुरस्कारहरु वितरण गरी कार्यक्रम सम्पन्न गरेको थियो ।

हरेक वर्ष जस्तैं यस वर्ष पनि मिसेस नेपाल वल्र्डकी विजेता पृथ्विया थापालाई रिबन इन्टरटेनमेन्ट प्रालिका सिइओ निशुकान्त झा, अटो नेपाल म्यागजिनका डाइरेक्टर रोशनकुमार श्रेष्ठ, वरिष्ठ कलाकार सरिता लामिछानेले संयुक्त रुपमा इलेक्ट्रिकल स्कुटर तथा अन्य पुरस्कारहरु हस्तान्तरण गर्नुभएको थियो ।

यस्तैं मिसेस नेपाल वल्र्डकी फस्र्ट रनरअप आइना गजुरेल, सेकेण्ड रनरअप निशा बिष्ट, थर्ड रनरअप सरु राज्यलक्ष्मी राना लगायतका विजेताहरुलाई कार्यक्रममा विभिन्न कम्पनीका पाहुनाहरुले पुरस्कार वितरण तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाली कला क्षेत्रका प्रतिष्ठित कलाकारहरु सरिता लामिछाने, प्रेम पाण्डे, गोपाल सुन्दरलाल कक्षपती, सभासद हरिप्रभा खड्गी, अधिवक्ता कृष्ण ढुंगाना लगायतहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई रिबन इन्टरटेनमेन्टका एमडी तथा कोरियोग्राफर आश्विन झाले सँचालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *