नेपालमा आधिकारिक रूपमा सार्वजनिक भएको फोटोनको हाइ रुफ ईभी भ्यानले दिगो र उन्नत गतिशीलता प्रदान गर्दछ।
५७ लाख रुपैयाँ (१५ सिटर) को मूल्यमा फोटोन नेपालले ८०१ फाइनान्सिङको सुविधा पनि प्रदान गर्दैछ।
यी ईभी भ्यानहरू युरोपियन युनियन डब्लूभीटिए-प्रमाणित सवारी साधनहरू हुन् जसको परीक्षण र निरीक्षण प्रख्यात जर्मन संस्था टीयूभी रेनल्याण्डद्वारा गरिएको छ।
फोटोनले गाडीको स्थायित्वका लागि तीन लाख किमी वा ५ वर्षको वारेन्टी प्रदान गर्दछ।
हाई रुफ ईभी भ्यानमा ८५ किलोवाटको पावर, फराकिलो भित्री भाग र आरामदायी सवारीको लागि फुल एसी रहेको छ।
कम्पनीका अनुसार यो गाडीमा ५०.२३ किलो वाट पावरको क्याटल ब्याट्री रहेको छ जुन विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक हो |
फोटोन नेपालका सेल्स हेड श्री नवीन आचार्यले जोड दिए, “फोटोन हाई रुफ ईभी भ्यान यस सेग्मेन्ट अन्तर्गत, यसको उन्नत प्रविधिको लागि मात्र नभई यसको विशाल इन्टेरियरका कारण चालक र यात्रुहरू दुवैका लागि अतुलनीय आरामको सुनिश्चितताका लागि पनि विशिष्ट रहेको छ।
यसको कम मर्मत खर्चले सवारी धनीहरूलाई थप बचत गर्न पनि सघाउँछ। भ्यानलाई नेपालको मौलिक सडक अवस्थाका लागि सावधानीपूर्वक डिजाइन गरिएको छ ।
एमएडब्लूका कार्यकारी निर्देशक श्री विष्णुकुमार अग्रवालले भने, “फोटोन निर्माता मात्र होइन बरू यो त लगातार नयाँ प्रविधिहरुसँग अद्यावधिक रहने इनोभेसनको आर्किटेक्ट पनि हो ।
विश्वकै अग्रणीहरूसँगको सहकार्य र विश्व आर्थिक मञ्चको लईट हाउस अवार्ड २०२० मान्यताले समेत फोटोनको प्रतिबद्धतालाई पुन: पुष्टि गर्छ।
ग्राउन्डब्रेकिङ भेहिकल इनोभेसनका अतिरिक्त फोटोनले नेपालभरका ईभी चार्जिङ स्टेशनहरूमा सक्रिय रूपमा लगानी गरिरहेको छ।
नेपालको समृद्ध जलस्रोतलाई मान्यता दिँदै आयातित पेट्रोल र डिजेलमाथिको कम निर्भरताले मुलुकको समग्र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने छ |
अत्याधुनिक प्रविधि र वातावरणीय उत्तरदायित्वप्रति दृढ प्रतिबद्धताद्वारा संचालित फोटोनले नेपालको दिगो भविष्यको परिकल्पना गर्दछ।
१३० भन्दा बढी देशहरूमा उपस्थिती रहेको विश्वकै अग्रणी अटोमोबाइल ब्रान्ड फोटोनसँग परम्परागत पेट्रोलियम र डिजेल सवारीसाधनदेखि लिएर अत्याधुनिक ईभी, हाइड्रोजन, सीएनजी र एलएनजी सवारी साधनसम्मको विविध उत्पादनहरुको लाइनअप छ।
अटोमोबाइल उद्योगका दिग्गज कम्पनीहरु कमिन्स, जेडएफ, बेन्ज र पियागियोसँगको सहकार्यमा फोटोनले विश्वव्यापी उत्कृष्टताको आफ्नो विरासत जारी राखेको छ।
यसकै निरन्तरता स्वरूप फोटोनले नेपालमा आफ्नो हाई रुफ ईभी भ्यानलाई गर्वका साथ प्रस्तुत गरेको छ ।